Breaking News

लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएन, पश्चिम नवलपरासीमा ५४ जना पक्राउ

Banner

बिकास अधिकारी,

नवलपरासी, चैत १३–

लकडाउनको आज तेस्रो दिन पश्चिम नवलपरासीसहित यस आसपासका जिल्लामा शान्त रुपमा नै बित्यो तर सडकमा मानिस निस्कने क्रम भने रोकिएको छैन ।

आकस्मिक काम बिना पनि मानिसहरु बाटोमा सवारी साधान लिएर र पैदल पनि निस्किरहेका छन् । लकडाउनको समयमा सवारी चलाउने ५४ जनालाई आज (बिहीबार) पश्चिम नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार लकडाउनको समयमा पनि सवारी चलाउने एक भ्यानसहित ५३ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । उनीहरुलाई आवश्यक कारवाही पछि छाडिने छ । लकडाउनलाई पूर्णता कार्यान्वयन गर्न प्रहरीले सम्पूर्णमा आग्रह गरेको छ ।

बिना कारण घरबाट बाहिर निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने र विभिन्न स्थानमा प्रहरी टोली २४ सै घण्टा परिचालन गरिएको डिएसपी थापाले बताए । बुधबार पनि प्रहरीले लकडाउन उल्लंघन गर्ने ११ जनलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच पश्चिम नवलपरासीका विभिन्न पालीकामा रहेका क्वारेन्टाईनमा कोरोना शंकास्पद १६ जनालाई राखिएको छ । बेलाटारी, पाल्हीनन्दन र सनुवलमा रहेका क्वारेन्टाईनमा उनीहरुलाई सुरक्षित राखिएको थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>