Breaking News

लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएन, पश्चिम नवलपरासीमा ५४ जना पक्राउ

०
Banner

बिकास अधिकारी,

नवलपरासी, चैत १३–

लकडाउनको आज तेस्रो दिन पश्चिम नवलपरासीसहित यस आसपासका जिल्लामा शान्त रुपमा नै बित्यो तर सडकमा मानिस निस्कने क्रम भने रोकिएको छैन ।

आकस्मिक काम बिना पनि मानिसहरु बाटोमा सवारी साधान लिएर र पैदल पनि निस्किरहेका छन् । लकडाउनको समयमा सवारी चलाउने ५४ जनालाई आज (बिहीबार) पश्चिम नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार लकडाउनको समयमा पनि सवारी चलाउने एक भ्यानसहित ५३ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । उनीहरुलाई आवश्यक कारवाही पछि छाडिने छ । लकडाउनलाई पूर्णता कार्यान्वयन गर्न प्रहरीले सम्पूर्णमा आग्रह गरेको छ ।

बिना कारण घरबाट बाहिर निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने र विभिन्न स्थानमा प्रहरी टोली २४ सै घण्टा परिचालन गरिएको डिएसपी थापाले बताए । बुधबार पनि प्रहरीले लकडाउन उल्लंघन गर्ने ११ जनलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच पश्चिम नवलपरासीका विभिन्न पालीकामा रहेका क्वारेन्टाईनमा कोरोना शंकास्पद १६ जनालाई राखिएको छ । बेलाटारी, पाल्हीनन्दन र सनुवलमा रहेका क्वारेन्टाईनमा उनीहरुलाई सुरक्षित राखिएको थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>