क्रिकेट

सन्दीपले कोरोना राहत कोषलाई एक लाख दिने

Banner

काठमाडौं, चैत १३–

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । सन्दीपले सरकारले बनाएको कोरोना राहत कोषका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना राहत कोषका लागि सरकारलाई एक लाख दिने घोषणा गरेका हन् । “शारीरिक दुरीको यस घडीमा हेरचाह र समर्थनको खाँचौ परिरहेको नबिर्सनु होस्,ˮ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “दया र जिम्मेवारीसँगै मानवता हावी हुने छ । सबै सुरक्षित रहनुस् ।ˮ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>