चितवन विशेष

चितवनमा ह्वात्तै घटे बिरामी, भर्ना भएका धमाधम डिस्चार्ज हुँदै

Banner

चितवन, चैत १३–

चितवनका अस्पतालहरुमा बिरामीको संख्या ह्वातै घटेको छ । सरकारले जारी गरेको एकहप्ते लकडाउन र कोरोनाको त्रासका कारणले बिरामीहरु अस्पतालसम्म आउन छाडेका छन्।

दैनिक १२ सयभन्दा बढी बहिरंग विभागमा उपचारका लागि भरतपुर आउने बिरामीहरू निकै घटेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बुधबार अस्पतालमा जम्मा १२ जना मात्रै बिरामीले ओपिडी सेवा लिएको उनले बताए । अधिकारीले ज्वरोका बिरामीका लागि मात्रै ‘ज्वरो क्लिनिक’ सञ्चालन गरिएको बताए । अस्पतालको १४ बेड आइसोलेसनमा अहिले कोही पनि नराखिएको उनले बताए । यस्तै, दैनिक ६ सयको हाराहारीमा बिरामी आउने पुरानो मेडिकल कलेजमा ५० जना, चितवन मेडिकल कलेजमा ३६ जना बिरामी आए ।

अन्य निजी अस्पतालहरुमा नगन्य मात्रामा मात्रै बिरामीहरु उपचारका लागि पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>