समाज
काठमाडौंमा लकडाउन उल्लंघन गर्ने ७ सय बढी सवारीसाधन नियन्त्रणमा
०

काठमाडौं,चैत १३-
मुलुक लकडाउन भएको तेस्रो दिन आज काठडमाडौंमा प्रहरीले थप कडाइ गरेको छ। अनुमतिविना सञ्चालन भएका ७ सयभन्दा धेरै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि यो समाचार तयार पार्दासम्म ७ सय २८ वटा सवारी मोटरसाइकल र गाडी नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
अत्यावश्यक पसलहरु खोल्न र भीड नहुनेगरी उपभोक्तालाई सामान विक्री गर्न सरकारले आग्रह गरेपछि खाद्यान्न, दूध, तरकारीलगायतका अत्यावश्यक पसल भने खुलेका छन्। पसल सञ्चालकलाई स्यानिटाइजरको व्यवस्था गर्न र उपभोक्तालाई भीड नगरी निश्चित भौतिक दूरी कायम गरी पालैपालो सामान खरिद गर्न सरकारको आग्रह छ। तर, पनि अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन भनिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























