समाज
काठमाण्डौ महानगरले ट्याङ्करबाट यसरी छर्कँदैछ कीटनाशक औषधि
०

काठमाडौं,चैत १३-
सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् । तीनवटामध्ये एउटा बबरमहल-बानेश्वर-तीनकुने-सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल-लाजिम्पाट-पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।

नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने बिहीबारको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























