स्वास्थ्य

कोरोनाबिरुद्ध लड्न के खाने ? यी खानेकुराले बढाउँछ इम्युनिटी पावर

Banner

रोगले न उमेर भन्छ, न वर्ग, न समुदाय, न जात । जोकोहीलाई पनि जुनसुकै समयमा रोगले आक्रमण गर्न सक्छ । तर, आफूसँग प्रतिरोधात्मक क्षमता बलियो भयो भने जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिन्छ ।

प्रतिरोधात्मक क्षमता कसरी बढाउने त ? कस्ता खानेकुरा खायो भने प्रतिरोधात्मक क्षमता बढ्छ ? शरीरलाई स्वस्थ राख्न के गर्ने ? प्रस्तुत छ, डा. अरुणा उप्रेतीसँग गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा मात्र होइन, विश्वमा नै फैलिएको छ । यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । त्यसैले यसबाट जोगिने भनेको आफैँ हो । स्वस्थ्य खानपान र स्वस्थ्य जीवनशैली अपनाउने हो भने कोरोनासँग आफैँ लड्न मद्दत पुग्छ । रोगसँग लड्ने क्षमता कम भएकालाई कोरोना लागेको देखिन्छ । खानपानमा विशेष ध्यान दिने हो भने रोगसँग लड्ने क्षमता बढ्छ ।

इम्युनिटी कम भएका, डाइबिटिज र उच्च रक्तचाप भएका मान्छेलाई कोरोना भाइरस लागेको देखिन्छ । ६० वर्षमाथिका मान्छेलाई बढी जटिल हुन्छ । त्यसैले डाइबिटिज, उच्च रक्तचाप र इम्युनिटी पावर कम भएका व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । कोरोनाबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । मीठोमीठो खान्छु भनेर खानु हुँदैन ।

यो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा खाँदै नखाने । घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर बढ्छ ।

के खायो भने इम्युनिटी पावर बढ्छ ?

-बेसार
-मरिच
-खोर्सानी
-जिरा
-धनियाँ
-मेथी
-टुसा उमारेका खानेकुरा
-मह
-कागती
-अमला
-अम्बा
-फलफूल
-दही
-मोही
-चिज
-माछा मासु र अण्डा राम्रोसँग पकाएर ।
विशेषतः यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्नबाट जोगिन सकिन्छ ।

अरु के गर्ने ? के नगर्ने ?

-धूमपान, मद्यपान नगर्ने
-नियमित ब्यायाम गर्ने
-ध्यान योग गर्ने
-किताब पढ्ने
-समयमा सुत्ने
-समयमै उठ्ने
-सकारात्मक सोच्ने
-तनाव नलिने
-साबुनपानीले हात धुने
-भीडभाडमा नजाने
-शरीरमा समस्या आए अस्पताल जाने
-बालबालिकालाई स्वस्थ खाना पकाउन सिकाउने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>