बजार

सरकारले व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट दियो

Banner

काठमाडौँ,चैत १२ –

कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ। कुन कुन व्यवाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन।

सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ। बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमण रहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>