चितवन विशेष

चितवन प्रशासनको आग्रहः कसैको मृत्यु भए खबर गर्नुहोस्,मलामी २५ जना मात्र जानुहोस्

Banner

चितवन,चैत २१-

जिल्ला प्रशासन कार्यालय चितवनले मलामी २५ जनाभन्दा बढी नजान सर्वसाधारणलाई भनिएको जनाएको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाँउमा भेला नहुन निर्देशन गरेकोले मलामी जानुपरेमा २५ जनाभन्दा बढी नजान अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘कतै कोही बित्नुभयो भने हामीलाई खबर गर्नुहुन्छ, हामीले त्यहीँ सुझाव दिने गरेका छौं,’ शर्माले भने ।

कसैको मृत्यु भएर सागर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि उनले आग्रह गरे । कोरोना भाइरसको संक्रमण फैलिन नपओस् भनेर सावधानी अपनाइएकोले यसमा सचेत बन्नुपर्ने शर्माको धारणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>