Breaking News

चितवन प्रशासनलाई उच्च अदालतको आदेशः स्वास्थ्यकर्मी, कर्मचारीलाई सुरक्षा सामग्री उपलब्ध गराउ

०
Banner

चितवन, चैत १२–

उच्च अदालत पाटन हेटौंडा इजलाशले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन चितवन प्रशासनसहित वागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिबक्ता ध्रुबप्रसाद चौलागाईले दायर गरेको रिट निबेदनको सुनुवाई गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले आज (बुधबार) प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधिश रामप्रसाद अधिकारीको इजलाशले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु अविलम्ब सुरु गर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको हो । यस्तै अदालतले विपक्षहरुलाई छलफलका लागि २०७६ चैत्र १९ गते बोलाएको छ । अधिबक्ता चौलागाईले दायर गरेको रिट निबेदनमा अधिबक्तहरु मनप्रसाद भट्टराइ, सञ्जीब प्रसाद पराजुली र बालकृष्ण अधिकारीले बहस गरेका थिए ।

वागमती प्रदेशका मुख्यमन्त्री एवम् मन्त्रीपरिषदको कार्यालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकै आन्तरिक मामीला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाइ २०७६ चैत्र १० गते रिट निबेदन दर्ता गरिएको थियो ।

अदालतले आदेश जारी गर्नु नपर्ने कारण भए मन्त्रालयहरुका हकमा मुख्य न्यायधिबक्ताको कार्यालय मार्फत र जिल्ला प्रशासन कार्यालयहरुलाई सरकारी वकील कार्यालय मार्फत १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>