समाचार
प्रतिनिधिसभाको अर्काे बैठक चैत २३ गते
०

काठमाडौँ, चैत १२-
प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्काे बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























