Breaking News
कोरोना संक्रमित युवतीसंगै कतारबाट आएका ६ जना चितवनमा, प्रहरीले सुरु गर्यो खोजी

चितवन, चैत १२–
नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिसंगै कतार एयरवेजबाट आएका ६ जना जना व्यक्ति चितवन आइपुगेका छन् ।
चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई संक्रमणको देखिपछि उनीसंगै बिमानमा आएका ६ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले खोजी सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
सो विमानबाट चितवनमा आएकाहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।
प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

























