समाज
लकडाउनमा साइकल चलाउने १२ जनालाई भैरहवा प्रहरीले ‘मुर्गा’ बनायो
०

बुटवल,चैत १२-
लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएर सजाय दिएको छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।प्रहरीले मोटर साइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए । जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले घटनाबारे आफूलाई जानकारी आइनसकेको बताउँदै यसबारे बुझ्ने बताए । उनले बिहान १० बजेसम्म प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























