Breaking News

भरतपुर अस्पतालः १२ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

Banner

चितवन, चैत १२–

भरतपुर अस्पतालबाट कोरोना भाइरस (कोभिड–१९) हालसम्म १२ जनामा परीक्षण गरिएको छ ।

टेकु अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती १२ जनाकै रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

भरतपुर अस्पतालबाट मंगलबार बिहान पठाईएको ८ जनाको नमुनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नभएको पुष्टि भएको हो । नमुना पठाइएका सबै ८ जनाकै रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी पौडेलले जानकारी दिए । भरतपुर अस्पतालबाट यसअघि चार जनाको कोरोना परीक्षण गरिएको थियो । ती चार जनामै कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

भरतपुर अस्पतालले कोरोना आशंका लागेर आउने बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्दै आइरहेको छ । भरतपुर अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि १९ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

यसैबीच मंगलबार भरतपुर कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगञ्ज–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले यादवको रिपोर्ट मंगलबार राती नेगेटिभ आएपछि उनको शव आज परिवारलाई बुझाइने बताए । ‘लुपस’ भन्ने रोगबाट पीडित मृतक यादवमा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । सोही कारण उनलाई चितवन मेडिकल कलेजबाट कोरोना अस्पतालमा रिफर गरिएको थियो ।

आइसियुमा राखेर उपचार गर्दा मंगलबार बिहान ९ः३० बजे यादवको मृत्यु भएको थियो । कोरोना अस्पतालले यादवको नमुनासंगै अन्य एक व्यक्तिको समेत कोरोना परीक्षणका लागि नमुना काठमाडौं पठाएको थियो । ती व्यक्तिमा पनि कोरोना (भाइरस) को संक्रमण पुष्टि नभएको अस्पतालका प्रवक्ता डा.अधिकारीले बताए । यस्तै कोरोना अस्पतालले मंगलबार साँझ थप चार जनाको नमुना कोरोना परीक्षणका लागि काठमाडौं पठाएको छ । जसमा एक जना अष्ट्रेलिया र एक जना भारतबाट फर्किएका व्यक्ति गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>