समाज

भोलिबाट खाद्यान्न पसल दिनभर खुल्ने दिइने

Banner

काठमाडौं,चैत ११-

गृह मन्त्रालयले ‘लक डाउन’को पहिलो दिन केही अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द भएको भन्दै त्यस्ता पसलहरु सधैँ जस्तो नियमित सञ्चालन गरिदिन अनुरोध गरेको छ। गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै खाद्यान्न लगायतका पसलहरु बन्द नगर्न अपिल गरेको हो।

‘पहिलो दिन भएकोले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, सुरक्षा खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक बस्तुहरुको कारोबार बन्द नहुने हुँदा सदा झै निर्वाध रुपमा सञ्चालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।’

यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिने उद्देश्यले जारी गरिएको आदेशको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गरिदिन पनि गृहमन्त्राले सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>