Breaking News

चितवनमा लकडाउन उल्लंघन गर्ने सात जना कारवाहीमा, एक हजार जरिवाना तिराइयो

Banner

चितवन, चैत ११–

सरकारले आजदेखि देशभर गरेको लकडाउन चितवनमा केहीले उल्लंघन गरेका छन् ।

फलस्वरुप जिल्ला प्रशासन कार्यालय चितवनले सरकारको निर्णय उल्लंघन गर्ने सात जनालाई कारवाही गरेको छ । प्रशासनको अनुरोधको अबज्ञा गर्ने सात जनालाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाहि गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सो ऐनमा १००० जरिवाना वा एक महिना सम्म कैद उल्लेख छ । तर आज पहिलो दिन भएकोले जनही एक हजार रुपैयाँ गराएर छोडिएको प्रजिअ भट्टराईले बताए ।

यस्तै प्रशासनले जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशिल विषयमा सबैलाई एक हप्ता सम्म यस्तै संयमता अपनाउनु अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>