समाज

कर्मचारीलाई कुलमानको निर्देशनः कार्यक्षेत्र नछाड्नू, फोन अफ नगर्नू

Banner

काठमाडौं,चैत ११-

नेपाल विद्युत् प्राधिकरणले सबै वितरण प्रमुखहरुलाई तोकिएको कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ । आफ्नो कार्यक्षेत्रमा तोकिएको जिम्मेवारी उत्तरदायी ढंगले पुरा गर्न प्राधिरकणले कर्मचारीहरुलाई सर्कुलर जारी गरेको छ ।

मिटर सिकायत, नो लाईट सेवा, मर्मत सम्भार र सिफ्ट ड्युटी संबन्धित (उत्पादन, प्रसारण, बितरण) कर्मचारिहरु खटाइएअनुसार अन ड्युटी कार्यरत रहनु पर्ने नियम बनाइएको छ । अन्य सबै कर्मचारीहरु फोन गरेपछि कुनै पनि बेला कार्यालय र फिल्डमा उपलब्ध हुने गरी घर निवासमा नै रहन र बाहिर नजान पनि निर्देशन दिइएको छ । कसैले पनि फोन स्विच अफ नराख्न पनि भनिएको छ । आएका सबै फोन रिसिभ गर्न भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>