Breaking News
नेपाल लकडाउनः घर बाहिर निस्के एक महिना कैद
०

काठमाडौँ,चैत १०-
सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।
७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिए। संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ।
ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























