Breaking News

चितवनबाट कोरोना परीक्षणका लागि ८ जनाको नमूना काठमाडौं पठाइयो

Banner

चितवन, चैत ९–

चितवनमा आज (आइतबार) सम्ममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा आठ जना आइसोलेसनमा भर्ना भएका छन् ।

६ जना भरतपुर अस्पतालमा र दुई जना घरमै सेल्फवारेनटाइनमा बसेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणीअनलाइनलाई जानकारी दिए । उनीहरु आठ जनाकै नमूना कोरोनो परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको छ । उनीहरुको रिपोर्ट भोलि (सोमबार) बेलुकासम्म आउने अस्पतालले जनाएको छ । नमुना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना विशेष अस्पतालका रहेका छन् ।

भरतपुर अस्पतालको ज्वरो क्लिनिक (ओपीडी)मा आइतबार मात्रै ५० जना जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये पाँच जना ज्वरो सहित अन्य केही लक्षणको आधारमा आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । यसअघि सोही अस्पतालमा दुई जना आइसोलेसनमा भर्ना भएका थिए ।

यसअघि भरतपुर अस्पतालबाट कोरोना परीक्षण गरिएको चार जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>