चितवन विशेष

कोरोना भाइरस विरुद्ध गितानगरमा सचेतना कार्यक्रम

Banner

चितवन, चैत ९-

‘स्वस्थ बनौँ स्वस्थ समाजको परिकल्पना गरौं’ भन्ने नाराका साथ सामुदायिक रेडियो रेडियो शिवशक्ति ९८.३ मेगाहर्जले आज गितानगरमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासनसहितको टोलीले सो अभियान थालेको हो ।

रेडियोको ‘हात धौऔँ, स्वस्थ बनौँ’ अभियानको दोस्रो दिन आज भरतपुर महानगरपालिका –६ को गितानगर बजार विपी चोकमा हात धुने विधिको बारेमा जानकारी दिइएको थियो । साबुन, रुमाल, हेण्ड वास र सेनेटाइजर स्थानीय तथा बटुवालाई निःशुल्क वितरण गरेर विधिसहित जानकारी गराइएको थियो । सचेतनामूलक कार्यक्रममा भरतपुर महानगरपालिका–६ का वडा अध्यक्ष हरीविलास कोइरालाले अभियानले कोरोनाबाट बच्न सहयोग पुग्ने बताए । साथै यो अभियान जारी राख्न र आफ्नो तर्पबाट पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

साबुन र पानीले हात धुने तरिका गलत हुने भएकोले सही बिधिबाट धुनुपर्ने गितानगर स्वास्थ्य चौकीका प्रमुख भविश्वर अधिकारीले बताए । सो अभियान प्रत्येक दिन चोकचोकमा गरिने रेडियो शिवशक्तिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>