Breaking News

भरतपुर कोरोना अस्पतालमा आज १० जनाको परीक्षण, एक जना आइसोलेसनमा भर्ना

०
Banner

चितवन, चैत ९–

चितवनको भरतपुरमा संचालनमा आएको कोरोना विशेष अस्पतालमा आज (आइतबार) १० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

ती मध्ये एक जनाको लक्षण कोरोना भाइरस (कोभिड–१९) संग मिल्दोजुल्दो देखिएकोले आइसोलेसनमा भर्ना गरिएको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘अन्य बिरामीको अवस्था सामान्य देखियो, पर्सा वीरगञ्ज घर भएका एक बरामीलाई आइसोलेसनमा राखेका छौं ।’

डा.अधिकारीले उनको नमुना काठमाडौं पठाइएकोले भोलि (सोमबार) सम्ममा कोरोना परीक्षणको रिपोर्ट आउने जानकारी दिए । शनिबार पनि कोरोना अस्पतालमा परीक्षण गरिएका एक जनालाई तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसन भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>