Breaking News
कोरोना प्रभावः चितवन प्रशासनको सेवा आजदेखि चैत २१ सम्म बन्द
०

चितवन, चैत ९–
जिल्ला प्रशासन कार्यालय चितवनले आज (आइतबार)देखि नागरिकता, राहदानी, सिफारिसलगायतका सेवाहरु बन्द गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्धारा जारी सूचनामा चैत ९ गतेदेखि चैत २१ गतेसम्मका लागि ती सेवाहरु बन्द गरिएको उल्लेख छ ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको निर्णय अनुरुप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।