समाज

ट्राफिक प्रहरी आफैँ यात्रु बनेर बढी भाडा लिनेलाई नियन्त्रणमा लियो

Banner

काठमाडौं,चैत ८-

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जीव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ रहेका छन् ।

प्रमुख ढकालले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताउनुभयो । यसका लागि महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरिएको थियो । गाडी चढ्नुअघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।

यसअघि महाशाखाले शुक्रबार पनि नौजना पक्राउ गरी आवश्यक कारवाही गरेको थियो । कोभिड– १९ को जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले विशेष सेवा प्रदान गरिरहेको जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>