अन्तर्राष्ट्रिय
दुई साताका लागि साउदी अरेबियामा सार्वजनिक यातायात बन्द
०

एजेन्सी, चैत ७-
कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ ।
साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।
यसअघि नै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडानमा १५ दिनका लागि रोक लगाइसकेको छ । साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























