समाज

आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान नपाइने

Banner

काठमाडौं,चैत ७-

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँग नेपालमा हालसम्म त्यसको पुष्टि नभए पनि सुरक्षाका लागि सरकारले विभिन्न उपायहरु अपनाउन थालेको छ। सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने घोषणा गरिसकेको छ साथै विद्यालय तथा विश्वविद्यालयको परीक्षा पनि स्थगित गरिसकेको छ।

हिन्दु धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरमा नियमित पूजाअर्चना जारी रहने र मन्दिर बन्द नगरी दर्शनार्थीलाई केही दुरी बनाएर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ। दर्शनार्थीलाई दुरीको व्यवस्थापन गरेर मन्दिर भित्र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए। आर्यघाटमा २५ जना भन्दा बढी मलामी नजानलाई पनि आग्रह गरिसकेको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>