अन्तर्राष्ट्रिय
बलात्कारीलाई फाँसी दिएपछि निर्भयाका आमाबुवाले भनेः न्यायको जित भयो !

काठमाडौं,चैत ७-
सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज (शुक्रबार) फासी दिइएको छ । फासीपछि निर्भयाकी आमाले यसलाई न्यायको जित बताएकी छन् । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको हो । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो ।
फासी दिइएपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो काुनन बनोस् जसबाट मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् । निर्भयाकी आमा आशादेवी न्यायपालिकालाई धन्यवाद व्यक्त गर्दै भनिन्, ‘ म न्यायपालिका, मिडिया, राष्ट्रपति र तपाईँहरु सबैलाई धन्वयाद दिन चाहन्छु, सात वर्षको संघर्षको आज जित भएको छ । आजका दिन हाम्री छोरी र महिलाहरुको नाममा छ जब निर्भयालाई न्याय मिल्यो ।’
‘मेरो छोरी त अब फर्किने छैन तर हामी आफ्नो लडाई जारी राख्नेछाँ ताकि भारतका महिालहरुलाई अधिक सुरक्षा होस् । आज फासी दिइएलगत्तै मैले आफ्नी छोरीको तस्बिर हेरे र उसलाई भने कि आखिर तिमिलाई न्याय मिलेरै छोड्यो, मैले उसलाई बचाउन सकिनँ, यसप्रति दुःख छ तर मलाई त्यसमा गर्व छ कि आज आमाको धर्म पूरा भयो ।’
भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो । यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।



























