अन्तर्राष्ट्रिय
इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा धेरै

एजेन्सी,चैत ७-
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा ज्यान गुमाउनेका संख्या विश्वमै सबैभन्दा धेरै भएको छ । इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म ३४ सय पाँचजनाको ज्यान गएको छ । बिहीबार एकै दिन थप ४२७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी भएको हो ।
गएको डिसेम्बरमा चीनको हुबेई प्रान्तको हुवानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा ३२ सय ४५ जनाको मृत्यु भएको छ । तर यो तथ्यांकमा सबैले विश्वास भने गरेका छैनन्, धेरैले चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सार्वजनिक गरिए भन्दा अधिक हुन सक्ने आशंका गरेका छन् । र पनि आधिकारिक तथ्यांक अनुसार अब इटाली चीन भन्दा अघि लागेको छ कोरोनाका कारण भएको मृत्युमा ।
इटालीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि धेरै प्रयास गरिएका छन् ।



























