Breaking News
भारतमा आइतबार जनता कर्फ्यू,घर बाहिर ननिस्कन आग्रह
०

एजेन्सी,चैत ६-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन् । उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । बिहीबार साँझ टेलिभिजन संबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन् ।
जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























