अन्तर्राष्ट्रिय
नेपालसंगै जोडिएको उत्तर प्रदेशमा थप दुई जनामा देखियो कोरोना
०

भारत, चैत ६–
नेपालसंगै सीमा जोडिएको उत्तर प्रदेशमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेला परेको छ ।
लखनऊमा आज (बिहीबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जना बिरामीको पनि पुष्टि भएको छ। आज बिहान त्यहाँ यी दुई व्यक्तिको रिपोर्ट आएको थियो, जसमा दुबै जनाको पोजेटिभ रिपोर्ट आएको थियो । यससंगै उत्तर प्रदेशमा कोरोना संक्रमित बिरामीको संख्या १९ पुगेको छ ।
लखनऊका बिरामी निशातगंजका बासिन्दा हुन् भने अर्को बिरामी लखीमपुरका छन्। दुबै बिरामीहरुलाई केजीएमयूमा भर्ना गरिएको छ। लखीमपुर बिरामीका लागि उसको जिल्लाका सीएमओलाई सूचित गरिएको छ ताकि उहाँसँग सम्पर्कमा आउनेहरूको छानबिन गर्न सकिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























