प्रवास

पोर्चुगलमा एक नेपालीमा कोरोना संक्रमण, ६० जना क्वारेन्टाइनमा

Banner

लिस्बन,चैत ३–

पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । दक्षिणी पोर्चुगलको फारो शहर नजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

नेपालीको समूहमा रहेका ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका नेपालीको फारोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>