Breaking News
काठमाडौंमा लुकाइराखेको १० लाख मास्क बरामद, कालोबजारी गर्ने ६ जना पक्राउ

काठमाडौं, चैत ३-
काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो ।
काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखिएका १० लाख थान मास्क प्रहरीले बरामद गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सतुुंगल, कपनलगायत स्थानबाट कालोबजारी गर्न लागिएका मास्क बरामद गरिएको हो ।
आइतबार साँझ चन्द्रागिरी नगरपालिका १० सतुंगलको विष्णुदेवी गोदाम प्रहरीले सिल गरेको थियो । त्यहाँबाट सोमबार बिहान ८ लाख थानभन्दा बढी मास्क बरामद भएको हो ।
ती मास्क प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिरिहेको छ । यस्तै कपनको मिलनचोकबाट १ लाख ६८ थान मास्क बरामद गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
कालोबजारी गरी लुकाएर राखिएको अवस्थामा मास्क बरामद गरिएको प्रहरीले जनाएको छ । मास्क कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । ३१ रुपैयाँमा डिल गरेर बेच्न लागेको अवस्थामा गाडीसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
























