Breaking News

चीनमा भन्दा इटलीमा धेरै कोरोना संक्रमित,करिब १५ सयले ज्यान गुमाए

Banner

काठमाडौं,चैत २ –

चीनबाट सुरु भएको नोवल कोरोना भाइरस संक्रमित सबैभन्दा बढी इटलीमा देखिएको छ । पछिल्लो तथ्यांक अनुसार, इटलीमा १७ हजार ७५० संक्रमित छन् । जबकि, चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित छन् ।

चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको छ । इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>