समाज

नेपाली भूमिमा भारतले गाडेको सीमा स्तम्भ स्थानियले गरे तोडफोड

Banner

धनगढी,चैत १-

कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड गरेका छन्। हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्।

नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली का‌ंग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>