अन्तर्राष्ट्रिय
क्यानडाका प्रधानमन्त्रीको पत्नीलाई कोरोना संक्रमण, दुवै आइसोलेसनमा
०

काठमाडौं, फागुन ३०-
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो को पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहने भएका छन् ।
क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् ।
‘सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नु भएको छैन,’ त्यहाँका प्रधानमन्त्रीका सञ्चार निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उनको कार्यालयले जनाएको छ । यसैसन्दर्भमा उनले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने तय भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























