प्रवास

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण,चारजना क्वारेन्टाइनमा

Banner

एजेन्सी,फागुन २६-

अष्ट्रेलिया एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तास्मानिया राज्यस्थित होबार्टमा रहेका उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन ।’

नेपाली सोसाइटी अफ तास्मानियाले संक्रमणबाट बच्न भेला तथा भोज आयोजना नगर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>