चितवन विशेष

भरतपुरको कृष्णपुरमा बन्यो सगरमाथा मार्ग

Banner

कृष्णपुर, फागुन २६-

भरतपुर नगरपालिका–७ कृष्णपुरस्थित सनराइज टोल विकास संस्थाअन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र बजेटबाट प्राप्त रकमले सो मार्गको करिब १३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेका थिए ।

भरतपुर महानगरले सो बाटोको लागि १५ लाख रुपैयाँको लागत अनुमान तयार पारेर कार्यदेश दिए पनि बाँकी रकम जनसहभागिताबाट पूरा गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए । सो मार्गमा उच्चस्तरको ‘इण्टरलक मोज्याक’ बिछ्याइएको छ ।
आज सोमबार उपभोक्ता समितिद्वारा आयोजित खर्च सार्वजनिकीकरण कार्यक्रममा नवनिर्मित सगरमाथा मार्गको सांसद कृष्णभक्त पोखरेलले निरीक्षण गरेका थिए । कार्यक्रममा सांसद पोखरेलले उपभोक्ता समिति, स्थानीय तह र निर्माण कम्पनीबीच तालमेल नहुँदा कतिपय परियोजनाहरु समयमै सम्पन्न नहुने, भए पनि गुणस्तरको नहुने गरेको अनुभव प्रस्तुत गर्दै सनराइज टोलका उपभोक्ताले सबैलाई तालमेल गराएर नमुनायोग्य बाटो बनाएकोमा खुसी व्यक्त गरे ।

आफ्नो निर्वाचन क्षेत्रमा बिनियोजित परियोजनामध्ये यो बाटो निर्माण गर्न यहाँका उपभोक्ताले समयमै सम्झौता गरी जिल्लामा नै पहिलोपटक काम सम्पन्न गरेको पनि सांसद पोखरेलले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, चित्रवन साकोसका अध्यक्ष सन्तबहादुर गुरुङ, सनराइज टोल विकास संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सल्लाहकार भिमसेन देवकोटा, कृष्णबहादुर रानाभाट, नेकपा चितवनका कार्यालय सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’, लगायतले भौतिक निर्माणसँगै महानगरका टोलले अब स्वास्थ्य र सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव व्यक्त गरे । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>