चितवन विशेष

समाजसेवी डा.बीएम खरेलको निधन

Banner

चितवन, फागुन २५–

सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आज (आइतबार) राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल श्रीमान डा.प्रमोद लामिछानेसंगै एलाइभ हस्पिटललाई अगाडि बढाई रहनु भएको थियो । उहाँ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.भरतपुरको संस्थापक एवंम प्रवन्ध निर्देशक हुनुहुन्थ्यो ।

उहाँ आफै क्यान्सरबाट ग्रसित भए पनि बिरामीको उपचारमा खटिरहनु भएको थियो । डा.खरेल र डा.प्रमोदले थुप्रै बिरामीको निःशुल्क उपचार गरेर समाजमा उदाहरणीय व्यक्तित्वको रुपमा पहिचान बनाएका छन् । स्वर्गीय डा.खरेलको पार्थिव शरीर सोमबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि एलाईभ हस्पिटल राखिने परिवारले जनाएको छ । त्यसलगत्तै उहाँको देवघाटमा अन्त्येष्टि गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>