क्रिकेट
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन २४-
एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।
थाइल्याण्डमा भएको प्रतियोगितामा चौथो स्थानमा रहेर घर फर्किएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टिमले नराम्रो खेलेको बताए ।
पाँच राष्ट्र सहभागि प्रतियोगितामा एक खेल मात्र जितेको नेपाल चौथो भएको थियो । शीर्ष दुईमा पर्न असफल भएपछि नेपालले एसिया कप छनोट खेल्ने मौका पनि गुमायो ।
थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालले मलेसिया र हङकङसँग शुरुमै हार बेहोर्दा लक्ष्य टाढा भइसकेको थियो । तेस्रो खेलमा घरेलु टोली थाइल्याण्डलाई हराउनु नै नेपालको एक मात्र जित रह्यो । सिंगापुर विरुद्धको खेल भने रद्ध भएको थियो ।
ब्याटिङ खराब हुँदा नेपालले मलेसिया र हङकङ विरुद्ध समान १५५ रनको लक्ष्य भेट्टाउन सकेन । नेपाल दुवै खेलमा अलआउट भयो । नेपालका कुनै खेलाडीले अर्धशतक प्रहार गर्न सकेनन् ।
यसपटक पनि नेपाली टोलीको ओपनिङ जोडी परिवर्तन हुँदा फेल खायो ।



























