Breaking News
वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो, ४ लाख ३० हजार जरिबाना तिराइयो
०

काठमाण्डौ,फागुन २१-
वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।
यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।
सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























