Breaking News

कोरोना आशंकाः फेरि एक जना विदेशीसहित चार जना अस्पताल भर्ना

Banner

काठमाडौं, फागुन २१–

नेपालमा कोरोना संक्रमणको आशंकामा फेरि चार जना अस्पताल भर्ना भएका छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक छन् । उनीहरु चारै जनाको कोरोना परीक्षण गरिने अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार तीन जनामा खासै समस्या नदेखिए पनि एक जनामा ब्रोङ्‌काइटिस जस्तो देखिएको छ । यसअघि पनि सोही अस्पतालमा भर्ना भएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>