Breaking News

कोरोना प्रभावः मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाख जरिवाना गरियो

Banner

काठमाडौं,फागुन २१-

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>