चितवन विशेष

कोरोनाको त्रास बढेपछि भरतपुर महोत्सव स्थगित

Banner

चितवन, फागुन २१-

भरतपुर महानगरपालिका–९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर सांस्कृतिक महोत्सव–२०७६ स्थगित गरिएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ ।

भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक श्याम पौडेल तथा समितिका सचिव एवम् महोत्सवका सचिवालय संयोजक बाबुराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आम जनस्वास्थ्य प्रति संवेदनशील हुँदै महोत्सव स्थगित गरिएको जनाइएको छ । महोत्सवमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचना तथा प्रमुख जिल्ला अधिकारीसँगको छलफलका साथै नेपाल सरकारले पछिल्लो पटक जारी गरेको परिपत्रमा मेला महोत्सवहरु स्थगन गर्ने निर्णयलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म महोत्सव स्थगित गर्ने निर्णय गरेको अवगत गराउन चाहान्छौँ ।’ जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर हुँदै जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई आत्मसाथ गरी महोत्सव स्थगित गरिएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै निकट भविष्यमा पुनः सञ्चालन हुने समेत जानकारी गराउँछौँ ।’ फागुन १६ गतेदेखि महोत्सव सञ्चालन गरिएको थियो । फागुन २७ गतेसम्म हुने भनिएको महोत्सव जनस्वास्थ्यलाई मध्यनजर गर्दै आजदेखि स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>