Breaking News

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै संसदमा विशेष प्रस्ताव पारित

Banner

काठमाडौं,फागुन २१-

संसदले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यलाभको कामना गरेको छ ।

बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रस्ताव पेश गरेका थिए ।

दोस्रो पटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मंगलबार बेलुकादेखि नै प्रत्यारोपणका लागि लागि आवश्यक औषधि दिन सुरु गरिएको थियो।ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी छिन् ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिन लागेको हो। यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>