Breaking News

प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिँदै

Banner

काठमाडौँ, फागुन २१-

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गर्ने गरी सम्पूर्ण तयारी भएको छ । मिर्गौला प्रत्यारोपण अघि गरिएको प्रधानमन्त्री ओलीको सम्पूर्ण स्वास्थ्य परीक्षणको ‘रिपोर्ट नर्मल’ आएको छ । स्वास्थ्य परीक्षणको सबै रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीलाई शल्यक्रियाका लागि अपरेसन थिएटरतर्फ लैजाने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।

युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने जनाएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछ । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेका छन् ।

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । २०६४ सालमा प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>