Breaking News

नेपाल घुमेर स्पेन फर्किएका एकजनाको कोरोना भाइरसका कारण मृत्यु

Banner

एजेन्सी,फागुन २१-

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको छ। डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फरवरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन्।

मृत्यु हुनुपूर्व सो व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको भन्ने उल्लेख छ। सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्युको कारण खुलाइएको थिएन। पछि अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन्।

स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>