Breaking News
मेला,महोत्सव र सार्वजनिक कार्यक्रम नगर्न चितवन प्रशासनको निर्देशन
०

चितवन,फागुन २० –
विश्वभर फैलिएको कोरोनाको त्रास नेपालमा पनि बढेपछि चितवनमा उच्च शतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (मंगलबार) एक सूचना जारी गर्दै जात्रा–पर्व र मेला महोत्सव नगर्न नगराउन आग्रह गरेको छ ।
साहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले सूचना जारी गर्दै स–साना पारिवारिक भेटघाट बाहेकका अन्य जमघट नगर्न आग्रह गर्नुभएको छ । प्रशासनको निर्देशन अवज्ञा गरे कडा कारवाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीसहित

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























