Breaking News

कोरोना प्रभावः चैत ५ भित्रै परीक्षा सकाउन शिक्षा मन्त्रालयको निर्देशन

Banner

काठमाडौं, फागुन २०–

नेपाल कोरोनो भाइरस संक्रमणको उच्च जोखिममा परेपछि सरकारले चैत ५ गतेभित्रै वार्षिक परीक्षा सकाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिँदै परीक्षा छिटो सकाउन निर्देशन दिएको हो । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको छ । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न भनेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ । त्यस्तै स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>