चितवन विशेष

चितवनको हात्ती प्रजनन केन्द्र खोरसोरमा सात महिनामा चार छावा जन्मिए

Banner

चितवन, फागुन १९-

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा साउनयता हात्तीका चार बच्चा थपिएका छन् । पछिल्लो पटक यही फागुन १७ गते देविकलीले बच्चा जन्माएसँगै यस आर्थिक वर्षमा हात्तीका चार बच्चा जन्मिएका हुन् ।

केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार गत माघ ८ गते तीर्थमानकली, गत कात्तिक ८ गते कोशीकली र गत असोज ६ गते हिमानीकलीले छावा जन्माएका हुन् । यस वर्ष जन्मिएका सबै बच्चा भाले हुन् । कोशिकलीले खगेन्द्र मल्लि पोष्टमा र अन्यले तालीम केन्द्रमा बच्चा जन्माएका हुन् । गणेशकलीको पेटमा नै मरेको बच्चा जन्मिएको थियो ।

चौधरीका अनुसार गत वर्ष पाँच हात्तीले बच्चा जन्माएका थिए । तमोरकली, कर्णालीकली, लोकतन्त्रकली, गणेशकली र पूजाकलीले गत वर्ष बच्चा जन्माएका हुन् । पूजाबाहेक सबैले भाले बच्चा जन्माएका थिए । हाल खोरसोरमा बच्चासहित नौ भाले र १५ पोथी हात्ती रहेका छन् । केन्द्रमा रहेका हात्तीमध्ये चितवनकली र सिमसारकली गर्भिणी रहेका छन् ।

हात्तीले २२ देखि २४ महिनामा वच्चा जन्माउँछ । निकुञ्जको तालीम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टमा हात्ती रहेका छन् । विसं २०४२ मा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा हात्ती हुर्काउनाका साथै तालिमसमेत दिने गरिन्छ । मुख्यरुपमा निकुञ्ज गस्तीमा सरकारी हात्ती प्रयोग गरिँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>