चितवन विशेष

अस्पतालको आइसियूमै नवविवाहित छोरी ज्वाईलाई आर्शिवाद,एकदिन पछि निधन

Banner

चितवन,फागुन १७ –

अस्पतालको सघन उपचार कक्ष –आइसियू मा नै सायदै कसैले आफ्ना नविवाहित छोरी ज्वाईसँग अन्तिम विदाई भेट गर्छ होला । न त यस्तो दृश्य देख्न पाइन्छ, नत कसैको जीवनमा नै यस्तो घटना हुन्छ भनेर परिकल्पना गर्न सकिन्छ ।

चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालको आइसियूमा फागुन ११ गतेको यो मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ परशुराम भट्टराईले कान्छी छोरी शान्ता भट्टराई र ज्वाई सुवास न्यौपानेलाई टीका लगाइदिए र आर्शिवाद दिए । नारायणगढको हरिहर मन्दीरमा भएको विवाह सकाएपछि शान्ता र सुवास क्यान्सर रोगबाट उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसियू आएका थिए । छोरी ज्वाइलाई आइसियू भित्र देख्न वित्तिकै सकि नसकि परशुरामले दुई हात जोडेर नमस्कार गरे, केही मुस्कुराएँ ।

जिव्रोको क्यान्सर भएकोले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दूनोमा ल्याएको टीका पालैपालो लगाएर आर्शिवाद दिए । वुवाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि सन्चो हुन्छ भन्दै ढाँढस दिए, छोरी ज्वाईले । ‘वुवा नआत्तिनुस्, हजुरलाई ठिक हुन्छ, पर्सी फर्किएर छिट्टै भेट्न आउँछौं ।’ भन्र्दै छोरी ज्वाईले गरेको वाचा पूरा हुन पाएन । छोरीज्वाईलाई विदाई गरेकोे झण्डै १७ घण्टापछि परशुरामले प्राण त्यागे । डिउटीमै रहेकी नर्स अनिशा धरेलले खाना खुवाउँदा खुवाउँदै उनको निधन भएको बताइन् ।

सो दिन डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलका अनुसार विहेकै दिन छोरी ज्वाई अस्पतालमा आउने पूर्व जानकारी थिएन । सामान्यतय अस्पतालको आइसियु भित्र त्यसरी जान दिन मिल्दैनथ्यो, तर उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन, डा. सिग्देलले भने मानवीय सम्वेदनाको कुरा पनि भयो । जिव्रोको क्यान्सर भएका भट्टराईलाई निकै गाह्रो भएपछि फागुन ५ गते अस्पतालमा ल्याइएको थियो । ‘उहाँ आउँदा अचेत जस्तैं हुनुहुन्थ्यो, डब्लुबिसि दुई सय मात्रैं थियो, शुरूमा पिसाव पनि भएको थिएन, केमोथेरापी गराइरहनु भएको रहेछ’ डा. सिग्देलले भने, ‘अस्पतालमा आएपछि केही सुधार भयो, होस् पनि राम्रो खुल्यो, हामीले म्याक्सिमम् सर्पोटमा राखेका थियौं ।’
छोरी ज्वाईलाई टीका लगाएर आर्शिवाद दिएको भोलीपल्ट नै भट्टराईलाई छातीको दायाँ भागबाट निमोनिया फैंलिएको डा. सिग्देलले बताए । ‘निमोनिया यति छिटो फैलियो की उहाँलाई बचाउन सकिएन, १२ गते राती झण्डै १२ बजे उहाँको निधन भयो’ डा. सिग्देलले भने ।

परर्शुरामलाई बचाउन परिवारले भारत पनि लैजान चाहेका थिए । तर, क्यान्सर चौथो स्टेजमा भएको र लैजादा झनै बढि जोखिम भएकोले नलगेको परिवारका सदस्यको भनाइ छ । सेन्ट्रल अस्पतालका अंकोलोजी विभाग प्रमुख डा. गुरुचरण शाहका अनुसार परशुरामले यसअघि नै ६ साइकल केमो लिइसकेका थिए । भक्तपुरको क्यान्सर अस्पतालमा ६ साइकल केमो लगाइसकेपछि सातौ साइकल केमो लगाउन भट्टराईलाई भरतपुर रिफर गरिएको थियो ।

१५ गतेको विहे ११ गते सार्दा मुख हेर्न पाएँ भट्टराईले

विगत दुई बर्ष अघि देखि जिव्रोको क्यान्सरबाट पीडित बनेका ६० बर्षीय परर्शुरामका एक छोरा र तीन छोरी छन् । ति मध्ये कान्छी छोरी हुन शान्ता । कान्छी छोरीलाई ज्वाईको हातमा सुम्पिएर मर्ने धोको थियो उनको । जुन उनले जीवनको अन्तिम क्षणमा पुरा गरे ।

शान्ता र सुवासको विवाह फागुन १५ गते गर्ने तय भएको थियो । तर, वुवाको अवस्था जटिल बनेको कारणले दुवै तर्फको परिवारको सहमतीमा ११ गते विहे गर्ने निधो भएको थियो । दाजुका छोरा मदन भट्टराईका अनुसार परर्शुराम सधैं एउटै कुरा भन्ने गर्दथेँ, ‘कान्छी छोरीको विहे आफुले देखेर मर्न पाएँ हुन्थ्यो ।’ मदनका अर्का एक आफन्त पनि काठमाण्डौंमा जटिल अवस्थामा थिए ।

वुवाको इच्छा पूरा गर्ने गरी विहे पनि नारायणगढमा गरिएको मदनले बताए । ‘हामीले वुवालाई सोध्यौं, सबै तयारी ग¥यौं’ मदनले भने, ‘जसरी हुन्छ वुवाको हातबाट टीका लगाएर आर्शिवाद लिने धोको थियो, त्यो पूरा भयो’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>