खेलकुद

आरम्भ कप अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस हुने

Banner
काठमाडौँ, भदौ २२–
आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही भदौ ३१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ब्वाइज÷गल्र्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गल्र्स सिङ्गल्सका  खेल हुनेछन् । हरेक सिङ्गल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु छ हजार, रु तीन हजार र रु एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा झण्डै पाँच सय खेलाडीको सहभागिता रहने टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिनुभयो । प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउँदै शिक्षासँगै अत्तिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुन पर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको  बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रधानाध्यापक श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार टेबल टेनिसमा पाँच, तेक्वान्दोमा तीन, फुटबलमा तीन, बास्केटबलमा तीन, ब्याडमिन्टनमा एक र क्रिकेटमा एक खेलाडीले आरम्भमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने आयोजकले जनाएको छ । आगामी असोज दुई गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>