चितवन विशेष

अनुभव साटासाट गर्दै देशभरका न्यूरो सर्जन चितवनमा

Banner

चितवन, फागुन १७–

नेपालमा अन्य विधाका विशेषज्ञको तुलनामा न्यूरो सर्जनहरु धेरै कम छन् । तर संख्यात्मक रुपमा थोरै भए पनि यही विधाका चिकित्सकहरु भने एकजुट छन् र नियमित छलफलमा जुट्छन् ।

न्यूरो सर्जनहरुको संस्था नेप्लीज सोसाइटी अफ न्युरोसर्जन्स (नेसोन) को आयोजनामा प्रत्येक महिना छलफलात्मक कार्यक्रम सीएमई हुँदै आइरहेको छ । सोही कार्यक्रम यसपटक शुक्रबार चितवनको सौराहामा सम्पन्न भएको छ । यस कार्यक्रमलाई यसपटक कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरको न्यूरो सर्जरी विभागले व्यवस्थापन गरेको थियो । कार्यक्रममा देशभरका ४० जना न्यूरो सर्जनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तले आफैले तयार पारेको उपकरणको डेमोस्ट्रेसन गर्दै प्रयोग गर्ने विधि सिकाएका थिए । उनले सो उपकरण आयोजक संस्थाका अध्यक्ष डा विनोद भट्टराईलाई हस्तान्तरण समेत गरेका थिए ।

कार्यक्रममा नेसोनका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ न्यूरो सर्जन डा.कृष्ण शर्माले चिकित्सा क्षेत्रमा अझ न्यूरो सर्जरी विधामा देखिएका समस्या तथा विकास भएका नयाँ प्रविधि बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा डा. विनोद भट्टराई, डा. सुनिल मुनाकोमी , डा. विष्णु सिग्देल, डा.के आई सिंह लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

नेसनका सचिव डा राजीव शाहले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने पुरानो मेडिकल कलेजका निमित्त निर्देशक डा राजेश यादवले अतिथिहरुलाई स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>